Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सगरमाथा क्षेत्रमा पर्यटको संख्यामा वृद्धि


१८ पुस २०७३, सोमबार


सोलुखुम्बु,। सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३।६६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिनुभयो । यो सङ्ख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले बढी हो । २०१५ वर्ष भूकम्प र नाकाबन्दीको कारण सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या निकै घटेकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस