१३ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदावरी बाह्रराशी दर्शन मकर मेलाको हुने

अ+ अ-

कैलाली । कैलालीको प्रसिद्ध धार्मिक स्थल गोदावरी धाममा माघे सङ्क्रान्तिको अवसर पारेर गोदावरी बाह्रराशी  दर्शन मकर मेलाको आयोजना हुने भएको छ । आउँदो माघ १ देखि १२ गतेसम्म मेला आयोजना गरिने आयोजकले जनएको छ ।

गतवर्ष गोदावरी धाममा गोदावरी अमृत महास्नान दीव्य महाकुभ्म मेला आयोजनापछि नेपाल–भारतका तीर्थालुहरु दिनहुँ आइरहेकाले हरेक वर्ष केहि न केहि गरिनु पर्ने उद्देश्यका साथ बाह्रराशी  दर्शन मकर मेला आयोजना गर्न लागिएको जनाइएको छ । मेलामा २७ वटा नक्षत्र, बाहराशी र नौ ग्रह स्थापना गरिने मेला मूल आयोजक समितिका संयोजक पदमराज जोशीले जानकारी दिनुभयो ।

खगोल विधि अनुसार गोदावरीमा पहिलो पटक बाह्रराशी   मकर मेला आयोजना गर्न लागेको भन्दै उहाँले यसपछि हरेक वर्ष यस्तो मेला आयोजना गरिने जानकारी दिनुभयो । मेलामा २७ नक्षत्र बाह्रराशी  विभक्त रहने जनाइएको छ । यो मेला विज्ञानमा आधारित रहने आयोजकको दावीको छ ।

पुस २९ गते हुने मेलाको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो गरिएको जोशीले बताउनु भयो । मेलामा परिवार सहित गएका तीर्थालुहरुले एउटा महासङ्कल्प गर्ने व्यवस्था गरिने जानकारी दिइएको छ । हरेक दिन त्रिकालिन सन्ध्यानुसार तीन प्रकारका पूजा हुने र एक लाख आहुती पनि दिइने जोशीले बताउनुभयो । गोदावरी धाममा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यका साथ हरेक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा महाकुभ्म मेलाको आयोजना हुने जनाइएको छ ।

गोदावरी धाममा भेला भरिसकेपछि सुदूरपश्चिममै रहेको परशुराम धाम, दिलपेश्वर धाम र वैद्यनाथ धाम दर्शनको व्यवस्था पनि गरिने संयोजक जोशीले जानकारी दिनुभयो । उहाँले धाम दर्शनसँगै त्रिपुरा सुन्दरी, उग्रतारा र शैलेश्वरी गरी त्रिदेवीको दर्शन समेत गर्न सकिने बताउनुभयो ।

गोदावरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गुरुयोजना समेत तयार भएको छ । सहरी विकास मन्त्रालयले गुरुयोजना बनाएर यस वर्ष ६० लाख बजेट दिएको संयोजक जोशीले जानकारी दिनुभयो ।

बाह्रराशी  दर्शन मकर मेलाको क्रममा गोदावरीमा संस्कारगत सामाजिक कार्यहरु निःशुल्क हुने आयोजक समितिका हरिलाल गिरीले जानकारी दिनुभयो । गत वर्ष माघ १ गतेदेखि गोदावरी धाममा एक महिनासम्म महाकुम्भ मेलाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस