गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१६ पुस २०७३, शनिबार


पुच्छरहरू जिउ तान्छन् यहाँ, अचम्म हुन्न
अल्छीहरू घिउ खान्छन् यहाँ, अचम्म हुन्न ।

 

रामनामी गुथिगुथी प्रवचन दिनेहरू समेत
लुकिलुकी मार हान्छन् यहाँ, अचम्म हुन्न ।

 

यात्रीहरू न धाउने हो देवालय, तर खै
उल्टै देवता जान्छन् यहाँ, अचम्म हुन्न ।

 

ठिक्ठिकै भन्नु हुन्थ्यो बिरालोेसम्म भए त
बोकाहरू बाघ ठान्छन् यहाँ, अचम्म हुन्न ।

 

जप र तप चाहिन्छ भन्ने पो सुनेको हुँ
गफले नै देश धान्छन् यहाँ, अचम्म हुन्न ।

प्रतिक्रिया दिनुहोस