पहिचान बिल्ला भिरेर, मलाइ स्वर्ग चाहिदैन।
आमाको छाती चिरेर, मलाइ स्वर्ग चाहिदैन।
मधेसी पहाडी हिमाली, एउटै माला नेपाली।
नेपालबाट गिरेर, मलाई स्वर्ग चाहिदैन।।
चन्द्रसुर्य फहराउदै, रणभुमिमा सपूत ढलेथे।
सहिदको सपना पिरेर, मलाइ स्वर्ग चाहिदैन।।
मलाइ मेरो आमाको , छहारीमा रम्न देउ।
काखको मोल तिरेर, मलाइ स्वर्ग चाहिदैन।।