गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१६ पुस २०७३, शनिबार


माया दिन नसकेर लिन नसकेर
हैरान छु उनीबाट अलगिन नसकेर

भमरा झै कसैको मनको बगैचामा
फसेको छ कोही तड़पिन नसकेर

यसरी चिठी च्यातेर, उपहार फयालेर
आखीर ऊ बौलायो संझिन नसकेर

चमक्याई खुकुरी गर्जिन्छ बादल सरी
उकुसमुकुस हुन्छ आफै बर्सिन नसकेर

एक्लै जिउन बाध्य छन् मुनाहरु पनि
फर्केनन् मदनहरु साहुँको रिन नसकेर

दिनानुदिन कुमारी आमाहरु बढ्दैछन्
आफन्त दोषी एक्लै बहकिन नसकेर

प्रतिक्रिया दिनुहोस