लुम्बिनी अञ्चल अस्पतालमा नयाँ सेवा सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनी अञ्चल अस्पतालमा नयाँ सेवा सुरु


१६ पुस २०७३, शनिबार


तिलोत्तमा (रुपन्देही) । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास देकोटाले अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिनुभयो । बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ । अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस

प्रतिक्रिया दिनुहोस