३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाविस सञ्चारविहीन हुदा जनतालाई सास्ती

अ+ अ-

रुकुम । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसँग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ ।

उहाँमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा लिन अहिले रन्ममैकोट, हुकाम, कोल, काँक्री, महत, मोरावाङ लगायत गाविसका बासिन्दालाई रुकुमकोट आउनुपर्ने बाध्यता भएको छ । टेलिफोन सेवा नभएका कारण स्थानीयवासीलाई सानो काममा पनि हैरानी खेप्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

मोराबाङ लेकमा रहेको स्काई (जिएसएम) फोनको टावर बिग्रिएको लामो समयदेखि निष्क्रिय भएपछि स्थानीयवासी सञ्चारविहीन भएका हुन् । नेपाल टेलिकमको जिएसएम टावरले काम नगर्ने भएकाले स्थानीयवासीलाई सास्ती भएको स्थानीय शिक्षक कर्णबहादुर केसीले बताउनुभयो । पटक पटक नेपाल टेलिकमको टावर राख्न र मोबाइल सेवा सञ्चालन गर्न माग गरिए पनि आफ्नो मागको बेवास्ता भएको स्थानीयवासीको गुनासो छ । “सबैका हातहातमा मोबाइल र घर घरमा फोन हुनुपर्ने बेलामा हामीलाई भने यस्तो सास्ती छ,” कोलका बासिन्दा वीरेन्द्र बुढाले भन्नुभयो “सरकारले साह्रै बेवास्ता गरेको छ ।”

नेपाल टेलिकम रुकुम शाखाका प्रमुख कृष्ण शर्माले टावरमा समस्या आएको बारे आफूहरुले माथि खबर गरेको तर प्राविधिक आउन ढिला भएकाले समस्या समाधान हुन नसकेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस