चीनमा विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चीनमा विश्वकै सबैभन्दा अग्लो पुल खुल्ला


१५ पुस २०७३, शुक्रबार


वेईजिङ(एजेन्सी) । चीनका दुई ओटा प्रान्तलाई जोड्नेगरी बनाएको विश्वको सवैभन्दा अग्लो पुल खुल्ला गरिएको छ ।
दुई वटा पहाडी प्रान्तहरु युनान र गुइजोउ प्रान्तलाई जोड्ने बेईपान्जीङ पुल नदिदेखि ५६५ मिटर माथी रहेको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
युनान प्रान्तको छुङवेइदेखि गुइजोउको शुइचेङसम्मको यात्राका लागि यो पुल बनेपछि एक पटकमा चार घण्टा भन्दा बढी समय छिटो हुने सवारी चालकहरुले बताएका छन् ।
“यी दुई ठाँउमा आवतजावत गर्नु पर्नेहरुकालागि यो पुल निकै उपयोगी भएको छ,” एक चालकले भने ।
यस पुलले यसअघिको सवै भन्दा अग्लो पुलमा रुपमा रहेको सि डु रिभर व्रिजलाई पनि उछिनेको छ । विश्वका अग्ला पुलहरु मध्ये धेरैजसो चीनमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस