Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

एकै पटक चार दिदीबहिनी दीक्षित


१५ पुस २०७३, शुक्रबार


काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका गुराँस वन, गंगा वन, जमुना वन र सरु वन दीक्षित भएका हुन् ।

गुराँस र गंगा मेजर अंग्रेजीमा, जमुना ग्रामीण विकास र सरुले पत्रकारिता र आमसंचारमा स्नातक गरेका छन् । उनीहरु सवै अहिले स्नातकोत्तर तहमा अध्ययनरत छन् । गुराँस ह्याप्पी लाइफ एजुकेशनमार्फत देशव्यापी शैक्षिक अभियानमा जुटेकी छन् ।

त्यसैगरी गंगा अमेरिकामा गएर स्वयम्सेवा गरेवापत उत्कृष्ठ भइ अमेरिकी राष्ट्रपति बाराक ओबामाबाटसमेत पुरस्कार ग्रहण गरिसकेकी छन् । त्यस्तै जमुना स्वदेशमै बसेर केही गर्न सकिन्छ भनी युवा जागरणका काममा सक्रिय छिन् । सरु आमसंचार र पत्रकारिता अध्ययन गरेपनि सांगीतिक क्षेत्रमा लागेकी छन् । गंगा र जमुना भने जुम्ल्याहा हुन् । परिवारमा छोरी मात्र भएपनि उनीहरुको प्रगति देखेर उनको परिवार अहिले दंग छ । भन्छन्‘छोराछोरी दुवै बराबरी’ । त्यस्तै छोरीहरु भन्छन् ‘परिवारको प्रेरणाले हामीहरु यहाँसम्म आइपुगेका हौं।’

प्रतिक्रिया दिनुहोस