५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकताकलीलाई हात्ती सुन्दरीको ताज

अ+ अ-

रत्ननगर (चितवन) पुस । ओँठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् ।

दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, “नभन्दै जित्यो, खुसी छु ।”

निर्णायक डा. कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन् । बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन् । सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए । उनले ८३ अङ्क प्राप्त गरिन् ।

चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन् । सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन् ।

एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए । सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागि थिए । अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन् ।

निर्णायक संयोजक डा. कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन् । हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन् । सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन् । हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम विजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस