३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको सुरुङको ब्रेकथ्रु

अ+ अ-

काठमाडौं । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको २७ किलोमिटर मध्ये सुन्दरीजलदेखि सिन्धुसम्म ९.५ किलोमिटर सुरुङ बुधवार ब्रेकथ्रु भएको छ । विसं २०६६ साउन १८ गते सुन्दरीजलमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङ खन्ने कार्यको शुभारम्भ गरेका थिए ।

त्यसबेला चिनियाँ निर्माण कम्पनीले सुरुङ निर्माण गर्ने ठेक्का लिएको थियो । चिनियाँ कम्पनीले दुई वर्षसम्म योजनाअनुरुप सुरुङ खन्न नसकेपछि काम छाडेर हिँडेको थियो । पुनः ठेक्का छनोटको प्रक्रिया सुरु गरेर विसं २०७१ पुस १७ देखि इटालीको कम्पनी सिएमसीले सुरुङ खन्ने काम सुरु गरेको थियो । सिएमसीले गत असोजमा सुरुङ निर्माण गरिसक्ने सम्झौता गरेपनि भूकम्प र नाकाबन्दीले पूरा गर्न सकेको थिएन । सुन्दरीजलबाट सिएमसीले तीन हजार ५७०.२ मिटर सुरुङ खनेको हो ।

सुन्दरीजलबाट सिन्धुतिर र सिन्धुबाट सुन्दरीजलतिर सुरुङ निर्माण सम्पन्न भएपछि आज सिन्धुबाट ग्याल्थुङ, ग्याल्थुङबाट सिन्धु र अम्बाथान एवम् अम्बाथानबाट ग्याल्थुङ गरी चार स्थानमा सुरुङ निर्माण भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर घनश्याम भट्टराईले जानकारी दिनुभयो । “आजसम्म २७ किमी सुरुङमध्ये २२ किमी सम्पन्न भएको छ । अब ५।५ किमी सुरुङ बाँकी छ । २०७४ असोजसम्म सुरुङ निर्माण सकेर उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी काम भइरहेको छ”–उहाँले भन्नुभयो । सिन्धुदेखि ग्याल्थुङसम्म ७।५ किमीमध्ये २।५ किमी र ग्याल्थुङबाट अम्बाथानमा ८ किमी मध्ये ३ किमी सुरुङ निर्माण बाँकी रहेको समितिले जनाएको छ ।

आयोजना सम्पन्न गर्न एसियाली विकास बैंकले रु २४ अर्ब सहयोग गरेको छ । सुरुङ निर्माण सम्पन्न भएपछि पहिलो चरणमा दैनिक मेलम्चीको १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी पनि यही सुरुङबाट ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव निर्माण सुरु भएको छ । विसं २०७८ सम्म याङ्ग्री र लार्केको गरी दैनिक थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने समितिको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस