वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन


प्रशासन विशेष ब्युरो

१४ पुस २०७३, बिहिबार


काठमाडौं । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा विहिवार विहान निधन भएको छ ।

श्वासप्रश्वासको समस्याबाट पीडित दीक्षित केही महिना महिना देखि फोक्सोमा समस्या आएपछि बीएन्डबीमा उपचार गराइरहेका थिए ।

मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष समेत रहेका दीक्षित पिता केदारमणी आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा १९८६ भदौं कुशै औसीका दिन काठमाडौंको गैरीधारामा जन्मनु भएको थियो ।

६ दर्जन भन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरेका दीक्षितका दुई हजार भन्दा धेरै फुटकर रचनाहरु प्रकाशित छन् । लेखनको शुरुका वर्षमा अनुन्धानमुलक लेख तथा पुस्तक लेखेर चर्चित दीक्षित पछिल्लो समयमा नियात्रा, निबन्ध, संस्मरण तथा पुस्तक र प्रकाशन क्षेत्रका विषयमा लेख तथा स्तम्भ लेखनमा सक्रिय रहँदै आएका थिए ।

दीक्षित मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस दजनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरुमा सक्रिय थिए ।

दीक्षितका दुइ छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस