मनाङको गोवा लघु जलविद्युत् आयोजना पुनःनिर्माण « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

मनाङको गोवा लघु जलविद्युत् आयोजना पुनःनिर्माण


१३ पुस २०७३, बुधबार


मनाङ । भूकम्पबाट क्षतिग्रस्त यहाँको एक लघु जलविद्युत् आयोजना पुनःनिर्माण गरिएको छ ।

विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएको ३० किलोवाट क्षमताको गोवा खोला जलविद्युत् आयोजना डेढ वर्षपछि पुनःनिर्माण गरिएको हो ।

दश वर्षअघि निर्माण गरिएको सो आयोजना भूकम्पमा परी क्षतविक्षत भएको थियो । तिल्चे गाउँका झन्डै ८० र गोवा गाउँका १० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको सो आयोजना निर्माण गरिएको थियो ।

आयोजना पुनःनिर्माणका लागि जिविसबाट ३९ लाख ९९ हजार, सांसद क्षेत्र विकास कार्यक्रमबाट नौ लाख ५० हजार र जनश्रमदानबाट पाँच लाख १७ हजार गरी झन्डै ५४ लाखको लागतमा पुनःनिर्माण गरिएको हो ।

भूकम्प र वर्षाका कारण आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप र जलाशयमा पारेका थियो । तीस किलोवाट क्षमताको यो आयोजनाबाट तिल्चे र गोवका ९० घरपरिवार लाभान्वित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस