अर्मलाकोटमा बास्केटबल कोर्ट बन्दै « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

अर्मलाकोटमा बास्केटबल कोर्ट बन्दै


१२ पुस २०७३, मंगलबार


पोखरा । पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मला कोटमा ४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण भइरहेको छ ।

कोर्ट निर्माणका लागि आवश्यक रकम अर्मलामा जन्म भई हाल बेलायत निवासी जीतबहादुर गुरुङ (डब्लू,ओ,वान)को सक्रियतामा अर्मला कोट युके समाजले उपलब्ध गराएको नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

पहिलो चरणमा जग्गा किन्ने, १४० थान तार जाली लगाउने, मैदान सम्याउने र प्याराफिट निर्माणको कार्य सम्पन्न गरिएको बताउनुभयो ।

कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सीता प्राविको हातामा लगभग छ रोपनी जग्गामा निर्माण भइरहेको बास्केटबल कोर्टसम्म यातायातलगायत अन्य आवश्यक भौतिक पूर्वाधारको सुविधा पुगेको छ भने ८० हजारको लागतमा ट्रान्सपरेन्ट फाइवर बोर्ड राखिएको नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जीतबहादुर गुरुङले बताउनुभयो ।

अर्मलामा सोमबार आयोजित एक कार्यक्रमका बीच जापानी नागरिक कियोसी सातो सानले सीता प्राविको शैक्षिक विकासका लागि ८४ हजार आर्थिक सहयोग गर्नुभएको छ । उहाँले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन भुपालसिंह गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस