सजाय तोकिएका १८ वर्षदेखि फरार तीन जना पक्राउ « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

सजाय तोकिएका १८ वर्षदेखि फरार तीन जना पक्राउ


१२ पुस २०७३, मंगलबार


लहान । कुटपिट मुद्दामा अदालतबाट कैद सजाय पाएर १८ वर्षदेखि फरार तीन जनालाई सिरहा प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

कुटपिट मुद्दामा सिरहा जिल्ला अदालतबाट २० दिन कैद सजाय पाएर फरार सिरहाको विष्णुपुर प्रम गाविस–५ निवासी रामआशिष यादव, सोही ठाउँका राम दयाल यादव र जगदीश यादवलाई पक्राउ गरिएको हो ।

सिरहा जिल्ला अदालतले गत २०५५ मङ्सिर १६ गते कुटपिट मुद्दामा कैद सजायको फैसलालगत्तै फरार भएका तीनै जनालाई खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस