सरकारी कार्यालयहरु प्रमुख विहीन « प्रशासन
prasaLogo
१२ पुष २०७३, मंगलवार

सरकारी कार्यालयहरु प्रमुख विहीन


प्रकाशित मिति : 27 December, 2016 7:36 am

बझाङ । जिल्लाका एक दर्जन भन्दा बढी सरकारी कार्यालयहरु प्रमुख विहीन हुँदा जिल्लाको विकासको कामका बाधा पुग्नुका साथै सेवा ग्राहिहरु मर्कामा परेका छन् । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत प्रमुख कार्यालयमा नहुँदा कार्यालयको कामकाजमा समेत समस्या सृजना भएको छ ।

जिल्लामा जिल्ला विकास समिति, जिल्ला प्रसासन, महिला तथा बालबालीका, जिल्ला प्रहरी, जिल्ला खानेपानी, जिल्ला बन कार्यालय प्रमुख विहिन छन ।

त्यस्तै सडक, सिचाई, जिल्ला पशु सेवा, जिल्ला प्राविधिक कार्यलय, शान्ति समीतीको कार्यलय, लगायतका सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर हुँदा समस्या भएको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस