पदक जिते व्यक्तिगत रुपमा पुरस्कार दिने घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पदक जिते व्यक्तिगत रुपमा पुरस्कार दिने घोषणा


१२ पुस २०७३, मंगलबार


धनगढी । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा पदक जित्ने सुदूरपश्चिमका खेलाडीलाई पुरस्कार दिने घोषणा भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य एकीन्द्र कुँवरले पदक जित्ने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कृत गर्ने घोषणा गर्नु भएको हो ।

उहाँले स्वर्ण जित्नेलाई नगद १० हजार, रजत जित्नेलाई पाँच र कास्य जित्नेलाई तीन हजार नगद रुपैयाले पुरस्कृत गर्ने घोषणा गर्नु भएको छ ।

सदस्य कुँवरले सुदूरपश्चिमाञ्चलबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि पुरस्कारको घोषणा गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस