Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बस दुर्घटनामा एकको मृत्यु, २६ घाइते


१२ पुस २०७३, मंगलबार


चितवन । चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौँबाट मलङ्गवातर्फ जान आउँदै गरेको ना ४ ख ५४४२ नं.को रात्रिबस राति १२ः४० बजे सडकबाट करिब १०० मिटर तल खोलामा खसेको हो ।

बसभित्र सिटमा च्यापिएर सिरहा जिल्लाको लक्ष्मीपुर पटाहाका ३३ वर्षीय धर्मराज मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

घाइतेमध्ये १९ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने पाँचको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।

बस त्रिशूली नदीमा पुग्नुभन्दा २० मिटरमाथि खोचमा अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । राति १ः१५ बजेबाट नेपाल प्रहरी र जनपद प्रहरीले उद्धार थालेका थिए । बस खसेको ठाउँमा डोरीको सहायताले झरेर उद्धार गरिएको हो । यो घटनास्थल मुग्लिङबाट तीन किलोमिटर नारायणगणतर्फ पर्दछ । रासस

प्रतिक्रिया दिनुहोस