Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दिलोज्यान लगाएर खेल्नुस्ः खेलकुद मन्त्री


११ पुस २०७३, सोमबार


झापा । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ ।

धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुग्नुभएका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताउनुभयो ।

“दिलोज्यान लगाएर खेल्नुस्, हामी तपाईहरुको साथमा छौँ,” घाइते खेलाडी विष्टलाई ढाड्स दिँदै खेलकुदमन्त्रीले भन्नुभयो– “जसरी भए पनि आफ्नो प्रतिभा देखाउनुस्, हामी छँदैछौँ नी ।”

“मन्त्रीज्यू हामीलाई प्रशिक्षकको व्यवस्था गरिदिनुस्, नत्र त कसरी खेल्नु ” घाइते खेलाडी विष्टले भन्नुभयो । मन्त्री श्रीपाइलीले चाँडै नै देशभरि विभिन्न खेलका लागि प्रशिक्षकको व्यवस्था गरिने आश्वासन दिनुभयो । उहाँले खेलाडीका लागि स्वास्थ्य बिमा र भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।

विभिन्न खेलका प्रशिक्षक सुगममा मात्र बसेका तिनले दुर्गम जिल्लामा खेलाडी उत्पादनमा ध्यान नदिएका मन्त्री श्रीपाइलीको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस