६० वर्ष गर्ने कुरा हचुवाको भरमा होइन यो विश्लेषण भएर आएको कुरा हो « प्रशासन
prasaLogo
११ पुष २०७३, सोमबार

६० वर्ष गर्ने कुरा हचुवाको भरमा होइन यो विश्लेषण भएर आएको कुरा हो


प्रकाशित मिति : 26 December, 2016 8:33 am

मेरो बिचारमा त ६० हुनुपर्छ किनकी स्थायी रुपमा रहेको यो कर्मचारीतन्त्रलाई व्यवस्थित गर्न र अनुभवको आधारमा देशलाई सुशासन र सुव्यवस्थित गर्नका लागि सरकारको पनि कम खर्च हुने र भार पनि कम पर्ने । निवृतिभरणमा पनि कम खर्च हुने भएकोले मेरो बिचारमा ६० बर्ष हुनुपर्छ ।

६० वर्ष गर्ने कुरा हचुवाको भरमा होइन यो विश्लेषण भएर आएको कुरा हो । म के स्पष्ट पार्न चाहन्छु भने शिक्षकहरुमा ६० बर्षको व्यवस्था गरिएको छ । उहाँहरुले बोर्डमा लेख्ने हो, पढाउने हो । शारिरीक कसरत हुने मान्छेका लागि त ६० बर्ष कायम गरिएको छ भने टेबुलमा बसेर काम गर्ने कर्मचारीका लागि किन ६० वर्ष नहुने ?

 

पोखरेल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस