Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निजामती क्षेत्रमा मात्रै ५८ बर्ष रहने कुरा असान्दर्भिक भयो


प्रशासन विशेष ब्युरो

११ पुस २०७३, सोमबार


निजामती क्षेत्रमा तातो बहस बनेको छ ५८/६० को विषय । ५८ बर्षलाई ६० बर्ष पु¥याउनु पर्छ भन्ने तर्कमा बढी दम छ र यही सन्दर्भलाई बढाएर अगाडि लानुपर्छ र निष्कर्षमा पु¥याउनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ । यो अहिलेसम्मलाई मेरो नितान्त व्यक्तिगत विचार पनि हो । यहि पल्लो सामुदायिक विद्यालयमा पढाउने शिक्षक साथीको उमेरहद ६० बर्ष, स्वास्थ्य सेवामा काम गर्ने साथीको उमेर हद ६० बर्ष, न्यायालयमा कामगर्ने न्यायाधिशको उमेर हद ६० र ६५ बर्ष, संवैधानिक निकायमा काम गर्नेहरुको उमेर ६५ बर्ष । यो सबैतिर ६० बर्ष उमेर हद रहने, निजामती क्षेत्रमा मात्रै ५८ बर्ष रहने कुरा अलिकति असान्दर्भिक रहेको छ ।

राज्यको तर्फबाट उभिएर हेर्दाखेरी ५८ लाई ६० गर्दाखेरी उपयुक्त हुन्छ, आर्थिक व्ययभारको हिसावले पनि । एउटा कर्मचारी रिक्त हुँदा नयाँ कर्मचारी भर्नुपर्छ । तलब दिनुपर्छ । उसका सेवा सुबिधाका कुराहरु छन् । ६० बर्ष गर्दाखेरी उसलाई थोरै पेन्सनको कुरा मात्रै हो । ६० बर्ष गर्दा राज्यलाई एउटा पुरानो कर्मचारीको अनुभव पनि प्राप्त हुने, आर्थिक बोझ पनि कम हुन्छ । आधिकारीक ट्रेड युनियन, हाम्रा ट्रेड युनियनको तर्फबाट हेर्दा ६० बर्ष पु¥याउनु पर्छ भन्ने भनाइहरु अलि बढी आएका छन् ।

कोइराला नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष हुन् 

प्रतिक्रिया दिनुहोस