Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भादा महोत्सव हुँने


११ पुस २०७३, सोमबार


कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुँने भएको छ । स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १७ देखि २१ गतेसम्म महोत्सव हुँने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ ।

महोत्सवमा थारु समुदायको नाचगान तथा थारु सङ्ग्रहालय आकर्षणको केन्द्रबिन्दु रहने आयोजकले जानकारी दिएको छ । ४२ वटा स्टल रहने महोत्सवमा थारु खानाका परिकार ढिक्री, खेरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझ्रा, कचरिक बरिया, घोङ्घी, सुतही लगायतको परिकार पाइने समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिनुभयो ।

महोत्सव अवधिभरी सखिया, झुम्रा, मघौटा, लट्ठी, मुङ्ग्रहवा, हुर्दङ्ग्वा लगायत परम्परागत सहित आधुनिक नाच र विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ । यस्तै, वाणबाट भाले निशाना, भलाद्मी दौड लगायतका खेलकुद पनि हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

पर्यटन वर्ष २०११ को अवसर पारेर २०६७ पुस १७ गतेबाट भादामा थारु होमस्टे सञ्चालनमा ल्याइएको थियो । होमस्टे सञ्चालनसँगै प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव सञ्चालन गर्दै आएको आयोजकले जानकारी दिएको छ ।

भादामा होमस्टे सञ्चालन भएको सात वर्षमा आन्तरिक तथा बाह्य गरी ३७ हजार पर्यटकले होमस्टे अवलोकन गरेको र हालसम्म एक करोड ४० लाख रुपिया बराबरको आर्थिक कारोबार भएको समितिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

सदरमुकाम धनगढीबाट करिब ८ किलोमिटरको दूरीमा रहेको भादा होमस्टे गाउँमा १९ घरमा होमस्टे सञ्चालन छन् । थारु समुदायको मौलिक संस्कृति, संस्कारको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होमस्टे सञ्चालन गरिरहेको समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस