Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ग्रामीणक्षेत्रमा आयोडिनयुक्त नुन पुगेन


१० पुस २०७३, आइतबार


वीरगन्ज । पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएको सुदूर ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन पुग्न नसक्दा त्यस भेगका बासिन्दा भारतीय नुन प्रयोग गर्न बाध्य भइरहेका छन् ।

त्यस क्षेत्रमा नुन पुग्न नसक्दा विकट ग्रामीण क्षेत्रका १० प्रतिशत बासिन्दा भारतीय नुनको प्रयोग गर्न बाध्य भएका छन् । सीमाक्षेत्रसँग जोडिएको पर्साको उत्तरी भेग भिस्वा, जानकीटोला, विषमपुर, लङ्गडी, मुर्ली, धोबिनी, हरिहरपुर, सुवर्णपुर, ठोरी लगायत दर्जनौँ गाउँका मानिसले भारतीय नुन प्रयोग गर्ने गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जले पोखरियामा थोक बिक्रेता खडा गरे पनि दुर्गम गाउँमा आयोडिनयुक्त नुन पुग्न नसक्दा त्यस भेगका बासिन्दाले भारतीय नुन प्रयोग गर्ने गरेको क्षेत्रीय प्रमुख अमोज लामिछानेले बताउनुभयो ।

उहाँले ढुवानी खर्च बढी लाग्ने भएकाले त्यस क्षेत्रका बासिन्दाले सरकारले तोकेको मूल्यभन्दा बढीमा किन्न नसक्ने भएकाले यस्तो स्थिति आएको बताउनुभयो । भारतीय सीमासँग जोडिएको नेपाली गाउँका १० प्रतिशत मानिस आयोडिन नुन प्रयोगबाट वञ्चित हुनु परेकाले उनीहरु शारीरिक रुपमा विभिन्न रोगका सिकार हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

साल्ट ट्रेडिङ लिमिटेड क्षेत्रीय कार्यालय वीरगन्जले पर्सा, बारा तथा रौतहट गरी वार्षिक ७० हजार बोरा नुन बिक्री गर्दै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पाँच करोड मूल्य बराबरको ६१ हजार पाँच सय १५ बोरा आयोडिन नुन बिक्री गरेको छ ।

भारतीय नुनभन्दा नेपालको आयोडिन नुन स्वस्थकर, सफा तथा शारीरिक विकासमा गुणकारी हुने भएकाले व्यापारीलाई सुविधा दिएर सरकारले दुर्गम गाउँमा पनि सो नुन उपलब्ध गराउनुपर्ने माग त्यहाँका बसिन्दाको छ । रासस

प्रतिक्रिया दिनुहोस