पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्य राख्दै फुटसल « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्य राख्दै फुटसल


९ पुस २०७३, शनिबार


पोखरा । ‘पर्यटन, खेलकुद र सञ्चार पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने मुख्य नाराका साथ पोखरा न्यूजडट कमद्वारा सञ्चालित संस्थागत फुटसल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ ।

खेलकुद माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फूलबारीस्थित टप कर्नरमा आयोजित उक्त प्रतियोगतामा दुई महिलासहित १५ समूहले सहभागिता जनाएकाछन् ।

समाजसेवी एवम् उद्योगपति सूर्यबहादुर केसीले आज यहाँ सो प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले आपसी भाइचारा अभिवृद्धि गर्ने बताउनुभयो ।

पोखराको वातावरण स्वच्छ राख्न बेगनास तालदेखि फेवाताल, हेम्जा र बाझाको पाटनसम्म ट्रली बस सञ्चालन गरी पेट्रोलियम पदार्थ प्रयोगमा कमी ल्याउनुपर्ने बताउँदै उहाँले राज्यले जनताको हित हुने खालका उद्योग सञ्चालन नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले खेलकुद क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा यातायात क्षेत्रबाट पोखराको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएवापत मोडन ‘इरा टुर्स एन्ड ट्राभल्र्स’ प्रालिका सञ्चालक केशवप्रसाद अधिकारीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभयो ।

एक समूहमा पाँच जनाको सहभागिता रहने एवम् कुल २४ मिनेट खेलाइने सो प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा पृथ्वीराजमार्ग बस सञ्चालक समितिले प्याप्सन कास्की समूहलाई तीनका विरुद्ध चार गोलले पराजित ग¥यो।

विजयी समूहलाई रु. १५ हजार एक, उप विजेतालाई रु. १० हजार र तेस्रो हुनेलाई रु. पाँच हजार नगदसहित ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको संयोजक दिननाथ बरालले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगताका लागि लगभग रु. एक लाख ४५ हजार लाग्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस