– हिउँन चल्ली शीत लहर–बरिखा बाफिनो,
घामले भत्भती पोल्लो–परानी हाफिनो
– स्याप् बिच्छी मच्छरै डर–डुवानकी डर,
यै माल जियाको काल–क्यै को नैथी भर
– पर्ति जग्गा पानी घाट–गौचर मास्सीया,
पालेका जंगल भित्र–तस्कर पस्सीया
– गाँउघरका चौडा बाटा–सबै साँघुरिया,
बाटामासी जग्गा बनाइ–सिमाना सारिया
– नदिका बगने बाटा–अन्तै बदलिया,
निज्जी होइगै धर्तिमाता–मान्छे भ्या बलिया
– खिचडी समाज भयो–मान्छे धेरै ठाउँका,
न पिरती ढल् पड्याको–नत एकै गाउँका
– जा तकन्छौ घरै–घर–बस्ती बाकली भै,
छाप्पीगै मालकी धर्ति – पहाड खाली भै
– यै ठौरकी विसंगति–जुझि–जुझी खानु,
पहाड धर्तिको स्वर्ग–पुजी–पुजी खानु
– छ ऋतुका बाह्रै मैना–रमाइलो पहाड,
भाग्यमानी उइँ बस्याका–अभाग्गी चाहाड
– दाइ खान्या मार्सिको भात–अन्जना के कुटी,
थात्थली बसन्या पाटी–बेकसुर छुटी
– ओर्को फर्को काइँरयेन–जाँ छ टनाटन
इसा यै कलहल्ल मुडो–के बुझन्छ मन !
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







