गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

९ पुस २०७३, शनिबार


स्वर समान भिन्नता छ भाकाहरुमा
सबैतर्फ खिन्नता छ आँखाहरुमा

मह कतै अमिलो भो भनी सुनिन्न
फुलकै रस भर्छे माहुरी चाकाहरुमा

हिमाल तराई सन्ततिका सान खातिर
दूर दृष्टि हरायो की ? पाकाहरुमा

देश मेरो “म” हो भन्छु छाति खोलेर
पुज्छु पाहुना गोद्छु बैरी नाकाहरुमा

पुर्खाले हो देको हामीलाई देश नेपाल
कहिले मति पलाउला यी डाकाहरुमा

कस्को चित्त नदुख्ला र ? घरै भत्किदा
खोट मात्र देखिन्छन् नि खाकाहरुमा

प्रतिक्रिया दिनुहोस