Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फरार अपराधी पक्राउ


९ पुस २०७३, शनिबार


लहान । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।

जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु. दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र महरालाई पक्राउ गरिएको हो ।

अदालतको फैसलापछि फरार महरालाई आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

यसैगरी कैदीबन्दी भागे भगाएको मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–१ निवासी ३० वर्षीय दशैया पासवानलाई पनि पक्राउ गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस