घर विहिनलाई घर देउ सरकार एउटै नेपाली यो थर देउ सरकारमनै छैन खाडीमा पसिना बगाउने स्वदेशमै बरु अबसर देउ सरकारहिमाल पहाड र तराई हसाउने खुशीको एउटै प्रहर देउ सरकारयो जात धर्म विभेद हटाउनलाई शिक्षाको उज्यालो ज्योती अक्षर देउ सरकारयो शस्त्र अस्स्र परिवर्तनको नाउको हटाएर बुद्धको वर देउ सरकार