तिमीबिना एक्लै जीबन, बाँच्न सकिएन
पलाएका मुना प्रिय, भाँच्न सकिएन
दुखी मन बोकी प्यारी, भट्टी पसे पनि
नसा पिए याद भुलाई, हाँस्न सकिएन
पल–पल जीन्दगीका, तिम्रै लागी खर्चे तर
तिमीसँग अटुट नाता, गाँस्न सकिएन
तिम्रो जीबन फुल्दै थियो, डोली माथी सजीएर
साथ दिन खुसीमाथी, नाँच्न सकिएन
बेहोश थिए साथीहरूले, भट्टी पुर्याईदीए
मातेपछी मनका कुरा, साँच्न सकिएन
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







