गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


प्रशासन विशेष ब्युरो

९ पुस २०७३, शनिबार


जुधाएर नजर, कहाँ गयौ तिमी
पिलाएर जहर, कहाँ गयौ तिमी

 

मान्छे उहीँ छन्, झिलमिल उहीँ छ
शुन्य लाग्छ सहर, कहाँ गयौ तिमी

 

हिजो सोध्दा, भोलि फुल्छु भन्यौ
जगाएर रहर, कहाँ गयौ तिमी

 

सधै हासिरहन्थे, माया बाँडिरहन्थे
बनाएर पत्थर , कहाँ गयौ तिमी

प्रतिक्रिया दिनुहोस