Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निकुञ्जमा अप्टिकल फाइबर बिछ्याउन सुरु


८ पुस २०७३, शुक्रबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँ-ठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट सौराहासम्म २० किलोमिटर, कसरा–भिम्ले–मेघौली २० किलोमिटर अप्टिकल फाइबर बिछ्याउन सुरु गरिएको छ । त्यसैगरी, नवलपरासीको अमलटारीबाट पूर्वतर्फ ६ किलोमिटर र पश्चिमतर्फ ६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने कँडेलले बताउनुभयो ।

यसअघि निकुञ्जले राप्ती नदी किनारका विभिन्न ठाउँमा सामान्य तारमार्फत १० वटा सिसी क्यामरा जडान गरेको थियो । त्यसैगरी, पूर्वपश्चिम राजमार्गमा पर्ने बरण्डाभार जङ्गलको टिकौलीस्थित राजमार्गमा पनि १० वटा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामरा वन र वन्यजन्तु संरक्षणमा प्रभावकारी भएपछि अप्टिकल फाइबर नै बिछ्याएर निकुञ्जका विभिन्न संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गर्न लागिएको हो ।

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा अप्टिकल फाइबर र सिसी क्यामरा जडान कार्य सुरु भएको हो । अप्टिकल फाइबर जमिनभित्र बिछ्याइने छ भने संवेदनशील ठाउँमा गोप्यरुपमा सिसी क्यामरा जडान गरिनेछ ।

अप्टिकल फाइबर विछ्याउने कार्यसँगै सिसी क्यामरा जडान कार्य पनि भइरहेको कँडेलले बताउनुभयो । उहाँले कुन-कुन ठाउँमा सिसी क्यामरा छ भन्नेबारे भने गोप्य नै राखिने बताउनुभयो । उहाँले आवश्यकताअनुसार संवेदनशील ठाउँमा सिसी क्यामरा राखिएको छ भन्नुभयो ।

सिसी क्यामराको मनिटरिङ निकुञ्जको मुख्यालय कसराबाट गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । लगातार नौसय ६० दिनभन्दा बढी चोरीसिकार शून्य भएको निकुञ्जको सुरक्षालाई आधुनिकीकरण गर्दै लैजाने नीति अनुरुप यो कार्य सुरु गरिएको कँडेलको भनाइ छ ।

“चोरीसिकारीलाई शून्यमा राखिराख्न थप आधुनिक प्रविधितर्फ निकुञ्ज जान लागेको हो”, कँडेलले भन्नुभयो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, बाघ, हात्तीलगायत जङ्गली जनावर रहेका छन् । निकुञ्जले छिट्टै अर्ना र बाह्रसिङ्गे पनि स्थानान्तरण गरेर ल्याउने तयारी गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस