नेपाल निजामती कर्मचारी संगठनले ५८ लाई साठी वर्षसम्म जागिर खाने व्यवस्था मिलाउनु पर्छ भन्ने मान्यता राखिराखेको छ । ५८ लाई ६० बनाउनु पर्ने कारणहरु पनि छन् । बिगतमा नेपालीहरुको औषत आयु थोरै हुँदा बनेको ५८ लाई अहिले औषत आयु ६९ बर्ष पुगेको छ । त्यो हिसावले पनि बढाउनु पर्छ ।
स्वास्थ्य सेवा ऐन अनुसार नियुक्त भएका स्वास्थ्य सेवाका कर्मचारीहरुले, शिक्षकहरुले, न्यायाधिशहरुको, संवैधानिक अंगलगायत सबैजसो क्षेत्रमा ६० बर्षको उमेरसम्म जागिर खान पाउने व्यवस्था छ । निजामतीलाई मात्र किन ५८ बर्षमा अवकास ?
कर्मचारीले पनि ५८ बर्षसम्म जागिर गर्न सक्नेले ६० बर्षसम्म सहजै काम गर्न सक्छ । हरेक विषयमा जनताको मनसाय बुझ्नुपर्छ । आमनागरिकलाई यो कुराको चासो हुनसक्छ तर संसद्ले पास गर्ने हो, निजामती सेवा ऐनमा ५८ भन्ने ठाउँनिर ६० बनाउनुपर्छ ।
केदारप्रसाद देवकोटा नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष हुन् ।