Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

डोटीका महिलामा यौनरोग सङ्क्रमण बढी


६ पुस २०७३, बुधबार


डोटी । पुरुषभन्दा महिलामा यौनरोग सङ्क्रमणको खतरा बढेको एक तथ्याङ्कले देखाएको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटीले हालसम्म एक हजार ३४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७८२ महिलामा यौनरोग सङ्क्रमण भेटिएको छ ।

परिवार नियोजन सङ्घ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको छ । हालसम्मको सङ्घको तथ्याङ्क हेर्दा यौनरोग सङ्क्रमण दर बर्सेनि बढ्दै गएको देखिएको छ । सङ्घले सन् २०१४ मा ३२८ जनाको परीक्षण गरेको थियो जसमा ९५ जनामा यौन सङ्क्रमण देखिएको छ । त्यस मध्येका छजना पाठेघरको मुखको क्यान्सरको जोखिममा छन् ।

सन् २०१५ मा ४४१ जनामा गरिएको परीक्षणमा २०० जना महिलामा यौनरोगको सङ्क्रमण देखिएको छ । यस्तै, बढ्दै गएको पाठेघरको मुखको क्यान्सर लाग्न सक्ने खतरालाई कम गर्न जनचेतनामा अभिवृद्धि गर्नु जरुरी रहेको परिवार नियोजन सङ्घ जिल्ला शाखा डोटीका प्रबन्धक चेतराज फुलाराले बताउनुभयो ।

सुदूरपश्चिमको हकमा यौनरागीको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । असुरक्षित यौनसम्पर्क र गलत परम्पराले समेत यौनरोगी बढिरहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस