Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तिवारी हत्या आशङ्कामा तीनजना नियन्त्रणमा


६ पुस २०७३, बुधबार


बुटवल। युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले देवदह क्षेत्रबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिएका तीनै जनासँग सोधपुछ गरिरहेको र घटनासँग सम्बन्धित अन्य पक्षमा समेत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिएका छन् ।

यस्तै, प्रहरीले आक्रमणकारीले आक्रमणका क्रममा प्रयोग गरेको मोटरसाइकल समेत फेला परेको छ । घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिण पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बेवारिसे अवस्थामा बा ५१ प ८०७३ नंको मोटरसाइकल बरामद भएको प्रनाउ मरासिनीले बताएका छन् ।

बरामद मोटरसाइकल एक सय ५० सिसीको रातो रङ्गको छ । घटना पश्चात् भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीले मुख्य राजमार्गमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोटरसाइकल चालकले हतारमा मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

मोटरसाइकल फेला परेको स्थान अनुसार अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिण पश्चिमी क्षेत्रतर्फ भागेको अनुमान गरिएको प्रनाउ मरासिनीले बताए । रासस

प्रतिक्रिया दिनुहोस