संसद अवरोधको कारण सोधिन् अमेरिकी राजदूतले ओलीसँग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसद अवरोधको कारण सोधिन् अमेरिकी राजदूतले ओलीसँग


६ पुस २०७३, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिज्बीच भेटवार्ता भएको छ ।

सिहंदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा मंगलवार भएको भेटमा उहाँहरुवीच नेपालको संविधान संशोधन प्रस्ताव र निर्वाचनको विषयमा कुराकानी भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

राजदूत टेप्लिज्ले संविधान संशोधनको प्रस्तावमा एमालेको अवरोध र निर्वाचन सम्बन्धमा एमालेको धारणाका विषयमा जिज्ञासा राखेकी थिइन् ।

सो अबसरमा अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नभएको हुँदा एमालेले त्यसको विरोध गरेको बताउँदै निर्वाचनमा जाने सरकारको कुनै तयारी नदेखिएको जानकारी दिए ।

उनले निर्वाचन गर्न पार्टीले कुनै पनि अवरोध नगर्ने पनि बताउनुभएको उहाँका प्रेस संयोजक अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस