Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जनजाति महासङ्घको विधान संशोधन


६ पुस २०७३, बुधबार


चितवन । नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले प्रदेशअनुसार ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी विधान संशोधन गरेको छ ।

बन्दसत्रले १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका कानुनी सल्लाहकार रामजी कोङरेनले जानकारी दिएका छन् ।

संशोधित विधानअनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिए । यसअघि अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित पाँच उपाध्यक्ष र पाँच सचिवको व्यवस्था थियो ।

संशोधित विधानअनुसार समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिस्पर्धा भएर आउने तथा अन्य पाँचजना सचिव अनिवार्य गरिएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले बताए ।

यसअघि सोमबार प्रस्तुत भएको कोषाध्यक्ष जगत बरामको आर्थिक तथा महासचिव पेम्वा भोटेको साङ्गठनिक प्रतिवेदनसमेत पारित गरेको महासङ्घका नेता राजकुमार लेखीले बताए । यस पटक २२ विदेश शाखा, ७१ जिल्ला समन्वय परिषद् र महासङ्घमा आबद्ध जातीय संस्थाबाट चारसय ५० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक महाधिवेशनमा सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस