सोलिडारिटी कप विजेतालाई सम्मान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोलिडारिटी कप विजेतालाई सम्मान


प्रशासन विशेष ब्युरो

५ पुस २०७३, मंगलबार


काठमाडौँ । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको राष्ट्रिय फुटबल टोलीलाई सम्मान गरिएको छ ।

आएएमएस ग्रुपद्वारा सोमवार राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई सम्मान गरिएको हो । ग्रुपका कार्यकारी प्रमुख दिकेश मलहोत्रा र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का मानार्थ अध्यक्ष टासी घलेले सयुक्तरुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।  । सम्मानस्वरुप उनीहरुले सामसुङ मोबाइल ग्यालेक्सी जी फाइब प्राप्त गरेका छन् ।

नेपालले सोलिडारिटी कपको फाइनल खेलमा मकाउलाई पराजित गर्दै च्यापियन बनेको थियो ।

कार्यक्रममा एन्फाका मानार्थ अध्यक्ष घलेले यस किसिमको सम्मानले सवै खेलाडीमा आत्मबल बढ्ने भन्दै सवैले खेल र खेलाडीलाई निरन्तर रुपमा सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यले यस किसिमको सम्मान र पुरस्कारले आफूहरूलाई थप हौसला प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस