तिवारीको हत्या साम्प्रदायिक सद्भाव बिथोल्ने षड्यन्त्रः एमाले « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

तिवारीको हत्या साम्प्रदायिक सद्भाव बिथोल्ने षड्यन्त्रः एमाले


५ पुस २०७३, मंगलबार


काठमाडौँ । नेकपा एमालेले युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

एमालेका महासचिव इश्वर पोखरेलले विज्ञप्ती जारी गरी राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको बताउनुभएको छ ।

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पङ्क्तिलाई पार्टी आग्रह गर्दछ विज्ञप्तिमा भनिएको छ ।

तिवारीलाई सोमवार अपराह्न रुपन्देहीको देवदह–८ मा अज्ञात समूहले गोली हानी हत्या गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस