राष्ट्रपति सी नेपाल आउन इच्छुक,अनुकुल समयमा नेपालको भ्रमण गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति सी नेपाल आउन इच्छुक,अनुकुल समयमा नेपालको भ्रमण गर्ने


प्रशासन विशेष ब्युरो

४ पुस २०७३, सोमबार


काठमाडौं । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

ग्रेट हल अफ द पिपुल्समा सोमबार साँझ आयोजित समारोहमा पौडेलले राष्ट्रपति सी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गरेपछि भएको दुइ पक्षीय छलफलमा राष्ट्रपति सी ले नेपाल चीनको पुरानो मित्र भएको र दुइ देश बीचको सम्बन्धलाई चीनले कायम राख्ने बताउनु भएको छ । साथै आफु नेपाल आउन इच्छुक रहेको र अनुकुल समयमा नेपालको भ्रमण गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस