Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल–चीन सम्बन्ध सुमधुर, सुदृढ र समुन्नतः राष्ट्रपति


प्रशासन विशेष ब्युरो

४ पुस २०७३, सोमबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँ अघि मुलुकका राष्ट्रिय निधि भृकुटी र अरनिकोले जोडेको नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमान युगमा अझ सुमधुर, सुदृढ र समुन्नत भइरहेको बताउनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि महासचिवका रुपमा पार्टी नेतृत्व सम्हालेका बेला सम्पादन गरेका ७९ विषयका विशेष कामको विवरण समेटिएको सङ्ग्रहणीय ग्रन्थ ‘चिनफिङः चीनको शासन व्यवस्था’ को आइतवार राष्ट्रपति कार्यालयमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले सन् यात्सेन र माओत्से तुङलगायत नेताले चीनको विकासका साथै नेपालसँगको सम्बन्ध विस्तारमा योगदान गरेको स्मरण गर्नुभयो ।

नेपाल र चीनबीचको पारस्परिक मैत्री अतुलनीय रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले भूकम्पपछिको उद्धार तथा राहतमा चीनबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

चीनले पछिल्लो समयमा हासिल गरेको आश्चर्यजनक प्रगतिको प्रशंसा गर्दै उनले समग्र एसियालाई अप्टिकल फाइबरको माध्यमबाट जोडेर अन्तरदेशीय सम्बन्ध र सम्पर्कलाई अझ घनीभूत तुल्याएको बताउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख तथा राजनीतिक सचिवालयका सदस्य ल्यू छिपाओले विमोचित पुस्तक चीनको शासन व्यवस्था, सामाजिक पद्धति तथा आर्थिक विकास बुझ्न उपयोगी हुने बताउनुभयो ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षमा नेपाली भाषामा चिनियाँ राष्ट्रपतिका बारेमा पुस्तक प्रकाशन हुनु दुईपक्षीय सम्बन्धको अनुपम उपहारका रुपमा लिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस