पेट्रोलियम पदार्थको मूल्य बढ्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


प्रशासन विशेष ब्युरो

४ पुस २०७३, सोमबार


काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिनुभयो ।

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता भएको बताउनुभयो । बढेको मूल्य आइतवार राति १२ बजेदेखि लागू हुनेछ ।

भारतीय आयल निगमले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य बढाएको तथा भारतीय स्थानीय निजी पम्पमा पनि खुद्रा मूल्य बढेकाले नेपालमा मूल्य बढाउनु परेको निगमको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस