तीन मुक्तक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन मुक्तक


प्रशासन विशेष ब्युरो

२ पुस २०७३, शनिबार


तीन मुक्तक

(१)
देखाउन नहुने रैछ यो आँसु मैले
रोकि राखेकी छु
कसैले सोधे -“किन उदास ?” जवाफ
सोचि राखेकी छु

भित्र भित्रै रोई हामीले बाहिर
हाँसेको देखाउनै पर्ने –
कति दयनीय रहेछ यो नारी जीवन मैले
भोगी राखेकी छु !

 

२)
कहिले नपाइने कुराको आस किन
लाग्छ मलाई ?
कहिले कुनै कुराको डर र त्रास किन
लाग्छ मलाई ?

तिम्रोबारे जसले जतिसुकै नराम्रो कुरा
सुनाए पनि –
तिम्रै मायाँ आज अमुल्य र ख़ास किन
लाग्छ मलाइ ?

 


अभाव छ यहाँ मानवताको अभाव छ
सारै डरलाग्दो मान्छेको स्वभाव छ
कुकूर बिरालो बरू प्यारो सबैलाई
मान्छेसित मान्छेको यहीँ बरू
वैर-भाव छ

प्रतिक्रिया दिनुहोस