तीन मुक्तक
(१)
देखाउन नहुने रैछ यो आँसु मैले
रोकि राखेकी छु
कसैले सोधे -“किन उदास ?” जवाफ
सोचि राखेकी छु
भित्र भित्रै रोई हामीले बाहिर
हाँसेको देखाउनै पर्ने –
कति दयनीय रहेछ यो नारी जीवन मैले
भोगी राखेकी छु !
२)
कहिले नपाइने कुराको आस किन
लाग्छ मलाई ?
कहिले कुनै कुराको डर र त्रास किन
लाग्छ मलाई ?
तिम्रोबारे जसले जतिसुकै नराम्रो कुरा
सुनाए पनि –
तिम्रै मायाँ आज अमुल्य र ख़ास किन
लाग्छ मलाइ ?
३
अभाव छ यहाँ मानवताको अभाव छ
सारै डरलाग्दो मान्छेको स्वभाव छ
कुकूर बिरालो बरू प्यारो सबैलाई
मान्छेसित मान्छेको यहीँ बरू
वैर-भाव छ
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







