गजल
माग्दैन कहिल्यै सुनको बजार तिमीसँग
देख्दैन कहिल्यै सपना हजार तिमीसँग
खुशी थिए म तिमी जे मा खुशी थियौ
खोज्दैन कहिल्यै पिरतीको उपहार तिमीसँग
कल्पनामा कल्पिएर बस्छु बरु सधै
भेट्दैन कहिल्यै रंगिन सन्सार तिमीसँग
तिमी जहाँ जानु महेफिलमा रमाउनु
खोज्दैन कहिल्यै खुशिको वहार तिमीसँग