मेरो ध्यान राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नेमा छ -प्रधानमन्त्री « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

मेरो ध्यान राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नेमा छ -प्रधानमन्त्री


३० मंसिर २०७३, बिहिबार


प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गरिने बताउनु भएको छ ।

बिहीबार चन्द्रागिरी हिल केबुलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफूले राष्ट्रिय गौरवका आयोजनाहरुको निरन्तर निरीक्षण र अनुगमन गरिरहेको बताउँदै  भन्नुभयो -प्रधानमन्त्रीमा निर्वाचिन भएदेखि नै मेरो ध्यान राष्ट्रिय गौरवका आयोजनाहरु छिटो सम्पन्न गर्नेमा छ ।

समयभन्दा छिटै आयोजना सम्पन्न गर्ने आयोजना प्रमूख र कर्मचारीहरुलाई यसअघि नै सरकारले पुरस्कृत गर्ने घोषणा गरिसकेको छ ।

ईच्छा शक्तिमा केही पूँजी थपेर केही गरौं भन्ने सोच राखियो भने धेरै कुरा सम्भव छ । सरकार र नीजि क्षेत्रको सहकार्यमा मात्रै आर्थिक विकासले गति लिनसक्ने बताउदै सरकार र नीजि क्षेत्रको राम्रो तालमेल र सहकार्य भयो भने ठूलठूला आर्थिक उपलब्धि र समृद्धि हासिल गर्न सकिने कुरा प्रधानमन्त्री दाहालले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस