सामाजिक सद्भाव दरिलो बनाउनु सबैको कर्तव्य होः राष्ट्रपति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सामाजिक सद्भाव दरिलो बनाउनु सबैको कर्तव्य होः राष्ट्रपति


प्रशासन विशेष ब्युरो

२८ मंसिर २०७३, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमार्फत सम्पूर्ण जनताको अधिकार सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माणमा अगाडि बढ्न उधौली पर्वले उत्प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

किरात जातिको महान् पर्व उधौली पर्वका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका किरात जाति नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य रहेको औँल्याउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस