असन्तुष्टिलाई संवादबाट हटाउन उपराष्ट्रपतिको आग्रह « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

असन्तुष्टिलाई संवादबाट हटाउन उपराष्ट्रपतिको आग्रह


२८ मंसिर २०७३, मंगलबार


उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले संविधानसभाबाट संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि नै मुलुकको आवश्यकताका रुपमा रहेको बताउँदै संविधान कार्यान्वयनका क्रममा देखिएका असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट हटाउँदै निर्धारित समयमा स्थानीय, प्रदेश र सङ्घ गरी तीन तहको निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयनका लागि सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस