न्यायाधीश र कानुन व्यवसायीको फुटबल पुसमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्यायाधीश र कानुन व्यवसायीको फुटबल पुसमा


प्रशासन विशेष ब्युरो

२७ मंसिर २०७३, सोमबार


काठमाडौँ । नेपाल बार एसोसिएसनको ६०औँ वार्षिकोत्सवका अवसरमा आगामी पुस १, २ र ७ गते न्यायाधीश र कानुन व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

एसोसियसनद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष शेरबहादुर केसीले मैत्रीपूर्ण फुटबल खेलले न्यायाधीश र बारबीचको सम्बन्ध सुमधुर हुने बताए । एन्फा ग्राउन्ड सातदोबाटोमा हुने खेलमा न्यायाधीश समाज र काठमाडौँ उपत्यकामा रहेका सबै बारको सहभागिता रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस