ए.डि.एच.डि भएका बच्चाको मस्तिष्क ३ देखि ४ प्रतिशत सानो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ए.डि.एच.डि भएका बच्चाको मस्तिष्क ३ देखि ४ प्रतिशत सानो


प्रशासन विशेष ब्युरो

२६ मंसिर २०७३, आइतबार


ए.डि.एच.डि (एटेन्सन डिफेक्ट हाईपर एक्टीभ डिसअडर) बाट ग्रसित ब्यक्तिहरुलाई कसरी बढी भन्दा बढि सहयोग पु¥याउन सकिन्छ, जसले उनिहरु एक सामान्य भन्दा सामान्य जीवनयापन गर्न सजिलो होस् । त्यसका लागि एक नीति यथेष्ट निधारण हुनुपर्ने देखिन्छ ।

आज नेपालमा कति व्यक्ति र बालबालिकाहरु ए.डि.एच.डि बाट ग्रसित छन् भन्ने कुनै आंकडा छैन र त्यसका बारेमा कुनै सरकारी वा गैरसरकारी निकाय जिम्मेवारी छैनन् । यदि तपाईहरु कसैले पनि आफै जानकारी लिन ईन्टरनेट मार्फत प्रयास गर्नुभयो भने तपाईहरु ठूलो भ्रममा पर्न सक्ने जोखिम छ, त्यसैकारण तपाई एक जिम्मेवार मनोबैज्ञानिक वा मनोविश्लेषकसंग परार्मश लिन सक्नुहुन्छ ।

हाम्रो समाजमा अहिले पनि त्यस्ता ब्यक्तिहरु प्रयाप्त छन् जो कहिले पनि यस डिसअडरवाट डागोनोष्ट भएका छैनन् र एक सामान्य जीवनयापनको प्रयासमा दुःख पाईरहेका छन् जो लगातार समाजमा आफ्नो अपेक्षीत प्रयासको बाबजूत पनि असफल छन् ।

हामीकहाँ यो डिसअडर किन हुन्छ भन्ने कुराहरुको बारेमा धेरै भ्रमहरु रहेको पाईन्छ जस्तैः कुनै बच्चा जन्मनलाई अफ्ठेरो परेमा, बच्चा पेटमा भएको बेलामा कुनै गडवडी भएमा, बच्चा पेटमा भएको बेलमा मादक पदार्थ सेवन भएको भए, सुर्तीजन्य वस्तुको सेवन बच्चा पेटमा भएको बेलामा भएमा वा बच्चा जन्मिदा कम तौल भएको भएमा जस्ता भ्रामक धारणाहरु समाज र केही पुराना मनौधारणाकारहरुले ल्याए पनि यो सत्य भने होईन । यसै धारणा अनुसार डिसअडर भएका व्यक्तिले टेलिभिजन हेर्नु हुँदैन , धेरै मात्रमा चिनीजन्य वस्तुको प्रयोग गर्नु हुदैन भन्ने अवधारणहरु सबै गलत सावित भएका छन् । नेपाल जस्तो विकासोन्मुख देशमा यस विषयमा कुनै तरिकावाट पनि कुरा वा त्यस बारेमा जानाकारीका लागि केही प्रयास मात्र पनि भएको पाईदैन ।

स्न २०१० मा अमेरीकामा गरिएको एक सर्वेक्षणले करीव एक करोड ५० लाख ब्यक्तिहरुलाई डिसअडर भएको प्रमाणीत भएको छ ।

डिसअडर भएका व्यक्तिहरुका प्रमुख क्रियाकलपमा यस्ता असरहरु देखा पर्दछन् ।

१. प्रयोगात्मक बुँदाहरुको संस्मरण तथा त्यसको प्रयोग (यसबाट ग्रसित व्यक्तिहरुलाई निश्चित बुँदाहरु ध्यान हुन्छ तर उनिहरुको मुताविक त्यसलाई तोडमोड गर्न सक्ने हुन्छन् ।)

२. कुनै पनि काम सुरुवात (कुनै पनि काम सुरु गरिहाल्ने, धेरै ध्यान दिने र अन्त्य सम्म नपुग्ने)

३. उत्तेजनामा नियन्त्रण (काम भन्दा अगाडी नै सोच्ने, छिटै चिडचिडे हुने, धेरै बोल्ने)

४. आफैसंग बोल्ने आदी यसका प्रमुख आधारहरु हुन् ।

यस विषयमा पहिला धेरै अन्घबिश्वासहरु विद्यमान थिए तर आज विस्तारै यो कम भै रहेको छ । समाजमा नयाँ अवधारणाको विकास भैरहको पाईन्छ । दश बर्षको अध्ययनले यो कुरा पत्ता लगेको छ कि ए.डि.एच.डि भएको बच्चाको मस्तिष्क ए.डि.एच.डि भएका बच्चाको भन्दा करिब ३ देखि ४ प्रतिशत सानो हुन्छ ।

क्रमश…

प्रतिक्रिया दिनुहोस