गणतन्त्र « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

गणतन्त्र


२५ मंसिर २०७३, शनिबार


हात्ती आयो – हात्ती आयो हुने रै छ गणतन्त्र
भोका गरिवको ढाड, सेक्ने रै छ गणतन्त्र

जुन जोगी आएपनि सवको कान चिरा पर्या
उत्साह र उमंग नै मार्ने रै छ गणतन्त्र

कुभिण्डो खै के अट्थ्यो र बोकाको त्यो सानो मुखमा
लुछाचुँडी–खिचातानी खेल्ने रै छ गणतन्त्र

….लाई भन्दा पनि देख्नेलाई लाज भयो
महंगीको जालभित्र पर्ने रै छ गणतन्त्र

बाहिर बाहिर टाइफिटिङ, भित्र खै के को मिटिङ
रसातलको दलदलमा फस्ने रै छ गणतन्त्र

प्रतिक्रिया दिनुहोस