Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

महिला हिंसा विरुद्ध साहित्यिक कार्यक्रम


प्रशासन विशेष ब्युरो

१८ मंसिर २०७३, शनिबार


नेपालगंज  । “घर शान्ती नै विश्व शान्तिको आधार, दिगो बिकासका लागी लैङिक हिसा रहित समाज” भन्ने मुल नाराका साथ सुरु भएको १६ दिने महिला हिंसा बिरुद्धको अभियानमा नेपालगंजमा सकृय महिला साहित्यकार, महिला पत्रकार तथा सामाजिक अभियन्ताहरुले स्वफुर्त रुपमा साहित्यिक कार्यक्रमको आयोजना गरेका छन् ।

बाँकेमा क्रियाशिल महिला साहित्यकार, महिला पत्रकार तथा सामाजिक अभियन्ताहरुले आ-आफ्ना रचनाहरु मार्फत महिला भएकै कारण भोग्नु परेका बिभिन्न कठिनाई तथा सामाजिक मानसिक हिंसा बिरुद्ध ससक्त रुपमा रचना प्रस्तुत गरेका थिए । वरिष्ठ साहित्यकार सनत रेग्मीले महिला हिंसा सम्बन्धी कविता सुनाएर शुभारम्भ गरिएको उक्त कार्यक्रममा महिला बिकास अधिकृत सुनिता के सी, सामाजिक अभियन्ता कमला पन्त, सपना भट्टराइ,साहिदा शाहले महिला हिंसा सम्बन्धी कविता प्रस्तुत गर्नु भएको थियो ।

क्रियाशिल महिला पत्रकार बाकेका अध्यक्ष उमा थापाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने अन्य क्रियासिल महिला पत्रकार साहित्यकारहरुले आ आफ्ना रचना तथा बिचार हरु राखेका थिए ।  कार्यक्रममा ऋचा लुइटेल, मिना ढकाल, अमृता के सी, शोभा गर्ग, बिपना योगी, सन्तोषी बिष्ट, निशु जोशी, साबित्री गिरी, अनुपमा करारा, बिराङना योगी, रितु राना रन्जिता ढकाल, सुशिला गिरी लगायतले विभिन्न साहित्यिक सिर्जना मार्फत महिलाले भोग्नु परेका हिंसा र त्यसको अन्त्य बारे बोलेका थिए ।

कार्यक्रममा कानुन व्यवसायी विश्वजित तिवारी, कोहिनुर मल्लले साहित्यिक कार्यक्रमहरुले महिला हिंसा अन्त्यका निम्ती महत्वपूर्ण भूमिका निर्बाह गर्ने बताउनु भएको थियो । २ घण्टा सम्म चलेको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार ऋचा लुइटेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस